ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह

२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

बुटवल ।

रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित मण्डमको राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव को सुरक्षालाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिँदै आयोजकलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन् ।

सोमबार प्रदर्शनी स्थलमै आयोजना गरिएको छलफल कार्यक्रममा यस क्षेत्रका सुरक्षा निकायका प्रमुख, विभिन्न उद्योग–व्यवसायसँग आबद्ध संघसंस्थाका नेतृत्व तथा सुरक्षा व्यवस्थापन उपसमितिका सदस्यहरूको सहभागिता रहेको थियो । छलफलमा सहभागीहरूले प्रदर्शनी तथा महोत्सवमा विभिन्न उद्देश्य र स्वार्थ राखेर आउने व्यक्तिहरूप्रति विशेष सतर्कता अपनाउनुपर्ने, आयोजकबाट तयार गरिने सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्ने तथा सुरक्षा निकायबाट आवश्यक निगरानी र सतर्कता अपनाएर कार्यक्रमलाई सफल बनाउनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सरोकारवालाबाट प्राप्त सुझाव र सल्लाहका आधारमा सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै कार्यक्रम अघि बढाइने जानकारी दिए ।

संघका द्वितीय उपाध्यक्ष तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक युवराज आचार्यले आयोजक पक्षबाट तयार गरिएको सुरक्षा व्यवस्थासँगै सरकारी सुरक्षा निकायको समन्वयमा विस्तृत सुरक्षा योजना बनाइएको बताए । उनले अनुभवी व्यक्तिहरूसँग निरन्तर परामर्श र सुझाव लिँदै सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइने पनि जानकारी दिए ।

छलफल कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख इन्द्रबहादुर राना, सशस्त्र प्रहरी बलका चन्द्रमणि पौडेल, प्रहरी निरीक्षक डम्बरदेव गिरी, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष माधव पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटा तथा उद्योगी भूपालकुमार श्रेष्ठलगायतले लामो समयदेखि आयोजित प्रदर्शनीहरूको अनुभवका आधारमा अपनाइएका प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गर्न सुझाव दिएका थिए ।

प्रदर्शनी सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । साथै, निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति र ३० वटा विभिन्न उपसमितिहरू क्रियाशील रहेका छन् ।

भर्खरै निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरका स्टलहरू निर्माण गरिनेछ । स्टलको सजावटदेखि व्यवस्थापनसम्मलाई फरक र आकर्षक बनाइने तथा स्वदेशी उत्पादनलाई मात्र प्राथमिकता दिइने गरी दर्ता हुने स्टलहरूका लागि कडा मापदण्ड तय गरिएको संघले जनाएको छ ।

हाल स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने महोत्सवको प्रचार–प्रसार पनि तीव्र रूपमा अघि बढिरहेको प्रचार संयोजक ई. किरण खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?