Butwal Today

एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २८ मंसिर ।

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

पहिले बिहानै सुरु गर्ने भनिएको बन्दसत्र अब अपराह्न ३ बजे सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समय सारिएको जानकारी दिएका छन् ।

बन्दसत्र सुरु हुनुअघि भएको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको निर्णय संशोधन गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संरचना परिवर्तन गरेको छ ।