© २०२३
काठमान्डौ, २८ मंसिर ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अब पार्टीको कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
७० वर्ष पूरा गरिसकेका ज्ञवालीले चुनावी प्रतिस्पर्धामा नउत्रिने भए पनि पार्टी गतिविधिमा सक्रिय रहने स्पष्ट पारेका छन् ।
भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यो घोषणा गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।