Butwal Today

एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । यसमा प्रदेशगत प्रतिनिधित्वका लागि उपत्यकासहित सबै ८ प्रदेशबाट एक/एक जना युवा आउनेछन् । यसरी ८ जना युवा केन्द्रीय कमिटीमा प्रतिनिधित्व पाउनेछन् ।

खुला कोटामा युवाका लागि २ जना, जनजाति–आदिवासीतर्फ २ जना, मधेशीतर्फ २ जना र दलिततर्फ १ जना युवा चयन हुनेछन् । यसरी ३०१ सदस्यीय केन्द्रीय कमिटीमा कुल १५ जना युवा हुनेछन्, जुन ४.९८ प्रतिशत हो ।

पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाका लागि ५ प्रतिशत कोटा राखिएको जानकारी दिएका छन् ।

केन्द्रीय कमिटीमा १०–१५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि उठेको थियो । गत शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका थिए ।