ट्रेंडिंग:

>> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न

चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’

नेपाली काङ्ग्रेसबाट अघिल्लो निर्वाचनमा पराजित अनुसार नै यो पटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् । 
२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

बुटवल,  २८ मंसिर ।

आगामी फागुन २२ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस रुपन्देहीले उमेद्बार छनौटको लागि प्रदेश समितिमा पठाएको छ ।

जसमा अधिकांश अघिल्लो र यस भन्दा पहिला भएका प्रतिनिधि सभा निर्वाचनमा पराजित अनुहार रहेका छन् ।

भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलन पश्चात् पुरा दलहरूले नयाँ युवा पुस्ता र नयाँ उमेद्बार उठाउने अपेक्षा गरिएको भए पनि नेपाली काँग्रेसमा भने ‘पुरानै रोग’ देखिएको हो ।

रुपन्देहीको क्षेत्र नम्बर २ बुटवल क्षेत्रमा अघिल्लो प्रतिनिधि सभामा निर्वाचनमा पराजित अनुहारको रूपमा रहेका युवराज गिरी यस पटक पनि सोही क्षेत्रबाट सिफारिस भएका हुन । क्षेत्रीय समितिले प्रतिनिधिसभातर्फ युवराज गिरीको नाम सिफारिस गरेको छ ।

जुन अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित उम्मेदवार हुन् । उनी नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेल सँग पराजित भएका थिए ।

समाचार स्रोतका अनुसार गिरीसँगै चुन्नु पौडेल,  प्रकाश राना, प्रजापाल गिरी, कुमार केसी (दीर्घवहादुर), सुदीप शर्मा सहित ९ जनाको नाम सिफारिस गरेको हो । यसै गरी २ बाट समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा पनि यस पटक पराजित अनुसार नै नेपाली काँग्रेसको १ नम्बर सिफारिसमा परेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा बहालवाला गृहमन्त्री हुँदाहुँदै पनि पराजित भएका नेता बालकृष्ण खाँणको नाम पहिलो नम्बरमा सिफारिस भएको हो ।

खाँण राप्रपाका दिपक बोहोरा सँग पराजित भएका थिए । वोहोराले ३६ हजार ७ सय १७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्रै ल्याएका थिए ।

उनीसँगै रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले खाँण सहित रामचन्द्र ढकाल, विमल ढकाल, सुशील गुरुङ, रमेश खनाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको छ । यसै गरी, समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको हो ।

रुपन्देही क्षेत्र नम्बर ५ मा पनि यो पटक ‘हारेको अनुहार नै’ प्रतिनिधि सभा निर्वाचनको लागि पहिलो नम्बरमा सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा एमालेका बासुदेव घिमिरे सँग पराजित भएका पूर्व मन्त्री समेत रहेका भरत कुमार शाहको नाम प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ पहिलो नम्बरमा सिफारिस भएको छ ।

घिमिरेले कुल ३६ हजार ८ सय २२ मत ल्याउँदा साहले भने २७ हजार १२० मत मात्रै ल्याएका थिए ।  संस्थापनले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्षले पनि उम्मेदवारी सिफारिस केन्द्रमा पठाएको छ ।

संस्थापन इतर पक्षहरूले युवा नेता विष्णु पोखरेल सहित तीन जनालाई उम्मेदवार सिफारिस गर्दै उक्त जानकारी पार्टी केन्द्रीय कार्यालयलाई पठाएको हो ।  उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित गराउनुपर्ने काँग्रेसको विधानमा उल्लेख भए पनि भरत शाह पक्षले आफूहरूलाई उपस्थित नै नगराई शाहको नाम एकलौटी सिफारिस गरिएको आरोप लगाएको छ ।

क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले युवा नेता विष्णु पोखरेल सहित महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सचिव कमल प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीला कुमारी पौडेललाई सिफाशस गरिएको छ ।

उनीहरूलाई सिफारिस गर्नेहरूमा क्षेत्रीय सचिव कृण प्रसाद शर्मा, क्षेत्रीय सह–सचिव हरि प्रसाद घिमिरे, सह–सचिव चिरञ्जीवी खनाल लगायत रहेका छन् ।

यता नेपाली काँग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले शाहको नाममा विरोध नगरेकाले एकल सिफारिस गरिएको बताए बताउँछन् ।

शाह पक्षबाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सुर्यमति उपाध्ययाय र शेषमन यादवलाई सिफारिस गरेको बताए ।

संस्थापन इतरले प्रतिनिधि सभा सदस्य समानुपातिकमा अधिवक्ता शेषमन यादव,डोलबहादुर थापा, दिलमाया कंडेल, खडानन्द खनाल र सिता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको बुझिएको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ बाट भने प्रमोद यादवको एकल सिफारिस भएको छ । उनी पनि हारेका अनुसार हुन् । वि.सं. २०७९ को चुनावमा उनी लोकतान्त्रिक समाजवादी पार्टी सर्वेन्द्रनाथ शुक्ला सँग पराजित भएका थिए ।

शुक्लाले २८ हजार मत ल्याउँदा यादवले भने जम्मा २२ हजार ७ सय ४ मत ल्याएका थिए । यादव यसअघि पनि उम्मेद्वार थिए भने २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट अब्दुल रज्जाक उम्मेदवार सिफारिस भएका छन् । काँग्रेस केन्द्रीय कार्यालयले प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरेको भएपनि सांसद रज्जाकलाई सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ रज्जाकसहित, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरेको छ । रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही १ (ख) बाट निर्वाचित छन् ।

यस्तै क्षेत्र नम्बर १ बाट समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?