Butwal Today

हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति 

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

भैरहवा, २८ मङ्सिर ।

मोबाइल व्यवसायी सङ्गठन रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न दोस्रो अधिवेशनले हरि बहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्वाचित समितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिव श्यामप्रकाश गुप्ता, कोषाध्यक्ष दिनेश गुप्ता, सचिव दीपक पौडेल, सह कोषाध्यक्ष रमेश यादव र सहसचिव पुरुषोत्तम केसरी निर्वाचित भएका छन् ।

यसै गरि सदस्यहरूमा जीवन्त धवल, सत्यम कलवार, मोहम्मद रसिद मुसलमान, सुजन दंगाल, विजेता कुमार वर्मा र रमेश पाण्डे निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष हरि बहादुर पाण्डेले निर्वाचित भएपछि बोल्दै रुपन्देहीका सम्पूर्ण मोबाइल व्यवसायीहरूको हकहितको लागि सङ्गठनलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले नीतिगत सुधार, व्यवसायीक सुरक्षा तथा सदस्यहरूको क्षमता विकासमा कार्यसमितिले जोड दिने बताए ।