© २०२३
काठमाडौं, २८ मंसिर ।
स्टाफ कलेजको रुपमा सञ्चालन भइरहेको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) प्रवेश परीक्षामा १६ जना डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएकाहरू सन् २०२६ का लागि स्टाफ कलेजमा अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका र हाल डीएसपी बनेका उनीहरूले प्रवेश परीक्षा दिएका थिए ।
जसमध्ये केवल १६ जना मात्र उत्तीर्ण भएका छन् ।
यता प्रहरीमा स्टाफ कलेज कोर्स लागू नपर्नुपर्ने भन्दै २०७० ब्याचका प्रहरीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रहरी ऐन र नियमावलीले नचिन्ने कोर्स प्रहरी करिअरमा असर गर्ने भएकाले तत्काल लागू नगर्नुपर्ने उनीहरूको माग छ ।
नेपाल प्रहरीमा पहिलो पटक २०७० इन्स्पेक्टर ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको हो । कोर्स पास नगर्नेहरू डीआईजी समेत बन्न नसक्ने व्यवस्था गरिएको छ ।
