Butwal Today

नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २८ मंसिर ।

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटिमण्डपमा केहीबेरअघि सुरु भएको छ । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो ।

हिजो भक्तपुरको सल्लाघारीमा शनिबार महाधिवेशन उद्घाटन भएको थियो ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान संशोधन गर्दै महाधिवेशनको निर्णय उल्टाएको छ । यस अनुसार केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी व्यवस्था गरिएको छ ।