Butwal Today

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २८ मंसिर ।

नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा चालिसेविरुद्ध मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उनीविरुद्ध ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको अकुत सम्पत्तिसम्बन्धी मुद्दा दायर गरिएको छ ।

सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि काठमाडौं–३ बाट चालिसेको उम्मेदवारी एकल सिफारिस भएको छ ।