© २०२३
पाल्पा, २८ मङ्सिर ।
पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ नवलपुर मध्य विन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरी जानकारी दिए ।
थप एकको मृत्युसँगै शनिबारसम्म मृतकको सङ्ख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको चौधरीले बताए । मृतक चारै जनाको सनाखत भएको छ ।
घटनास्थलमै मृत्यु हुनेहरूमा निस्दी गाउँपालिका–४, हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, निसदी –४ ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र मध्य विन्दु नगरपालिका–१३ पूर्वी नवलपरासीकी ३१ वर्षीय बुद्धिमाया विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुन्दर र बुद्धिमाया श्रीमान् श्रीमती हुन् ।
निस्दीको मित्यालीस्थित अरुण खोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार विहान दुर्घटनामा परेको हो । चिउरीबासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफै ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।
जिप सडकबाट १२ सय मिटर तर खसेको थियो ।