© २०२३
बुटवल, २८ मङ्सिर ।
चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष् कप ब्याडमिन्टन प्रतियोगिता पुसको दोस्रो हप्ता हुने भएको छ ।
प्रतियोगितामार्फत ब्याडमिन्टन खेल र खेलाडीको विकासमा योगदान दिँदै आएको आशिष् स्टेशनरी तथा आशिष् सपोर्ट एन्ड म्युजिक सेन्टरको आयोजनामा पुस ११, ११ र १२ गते तीन दिने प्रतियोगिता हुने भएको हो ।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी तीव्र रूपमा चलेको कार्यक्रम संयोजक तथा आशिष् स्पोर्टसका सञ्चालक आयुषकृष्ण श्रेष्ठले बताए ।
तिलोत्तमा नगरपालिकास्थित फिट एन्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगिता मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) र सुपर भेट्रान्स (५५ वर्षमाथि) गरि ४ ईभेन्टको हुने छ ।
युवादेखी भेट्रान्स उमेर समुहलाई समेटेर प्रतियोगिता आयोजना गर्न लागेको उहाको दाबी छ । प्रतियोगितामा मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसै गरी मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वितीय टिमले २० हजार र तृतीय टिमले १५ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् । भेट्रान्स (४५ वर्ष माथि) प्रथम टिमले २२ हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्र एवं सुपर भेट्रान्स (५५ वर्ष माथि) को विजेताले नगद १५ हजार, द्वितीयले ८ हजार र तृतीयले नगद ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको पाँच जना उदयमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने एम्पायर अर्जुन कार्कीले बताए । यसै गरी सिगलमा १ हजार पाँच सय, डबल्समा दुई हजार पाँच सय, भेटान्समा २ हजार २ सय ५० र सुपर भेट्रान्समा २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए ।
प्रतियोगिताको प्रत्येक सहभागी खेलाडीहरूलाई टिसर्ट र मायाको चिनो तथा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने व्यवस्था गरिएको छ ।