Butwal Today

मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २८ मंसिर ।

मनाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान १२ बजेर ५४ मिनेटमा गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मनाङको थोचे क्षेत्र नजिक रहेको बताइएको छ । केन्द्रका अनुसार यस भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा भूकम्पको गतिविधि बढेको छ । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।