© २०२३
बाँके, २८ मंसिर ।
गाई काटी रहेको अवस्थामा बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ रनियापुरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ रनियापुरकै रहेको छन् भने ३ जना फरार छन् । इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईका अनुसार दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाइएको छ । पक्राउ पर्नेको नाम केही बेरमा सार्वजनिक गर्ने निरीक्षक चापागाइे जानकारी दिए ।
स्थानीयका अनुसार उनीहरु दैनिक ३० देखि ४० क्विन्टल गाईको मासु नेपालगन्ज सप्लाई गर्ने गरेका रहेछन् । गाईको मासु केही मिट सप्लाई पसलहरूले मासुको विभिन्न परिकार बिक्री गर्ने गरेको तथ्य समेत खुलेको छ । गाईको मासु नेपालगन्ज लगायत राजधानी काठमाडौँ समेत सप्लाई हुँदै आएको छ ।
गाईको मासु सप्लाईका लागि गाई गोरु नेपाल मात्र नभएर भारतबाट समेत लुकीछिपी ल्याउने गरेको प्रहरी निरीक्षक चापागाईले बताए । उनले भने, हिजो मात्र अवैध रूपमा भारतबाट ल्याउदैँ गरेको ३ ओटा गोरु नियन्त्रणमा लिएको बताए । उक्त घटना बारे थप अनुसन्धान भइरहेको समेत बताए ।