Butwal Today

यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज श्रीलंका सामना गर्दैछ । नेपाली समयअनुसार खेल बिहान १०ः४५ बजे द सेभेन्स रंगशालामा सुरु हुने छ ।

नेपालले सुखद सुरुवात गर्दै प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ । नेपाली टोलीको दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग तय गरिएको छ ।

यस प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन् । दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधिका लागि प्रतिस्पर्धा पुस ६ गते हुनेछ ।

नेपाली टोली :

अशोक धामी (कप्तान), निराज यादव (उपकप्तान), दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, शाहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नितेष पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री ।