Butwal Today

सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई ११औँ महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । ११औँ महाधिवेशनमा सहभागी हुने १०८ जना मनोनीत प्रतिनिधि सूचीमा डंगोल पनि समावेश भएकी छन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनामध्ये डंगोलको नाम मनोनीत प्रतिनिधिमा परेको हो । उनी एमाले केन्द्रीय सदस्यको दाबीदार पनि हुन् र स्थानीय विकास विभाग क्लस्टरबाट प्रतिनिधि चयन भएकी हुन् ।

यसैगरी, एमाले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष दीपक निरौला, पुरुषोत्तम आचार्य र बच्चन देउजा पनि मनोनीत प्रतिनिधि बनेका छन् ।