Butwal Today

एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।

विस्फोटक पदार्थ तथा हतियार सुँघेर पहिचान गर्न सक्ने कुकुर र अत्याधुनिक बम डिटेक्टर उपकरणसहित प्रहरी बिहानैदेखि सक्रिय छन् । प्रहरी टोलीले उद्घाटन समारोहको मञ्च तथा वरपरको क्षेत्र गहन निगरानी गर्दै कुकुरमार्फत सुरक्षा परीक्षण गरिरहेको छ ।

अरनिको राजमार्गसँगै जोडिएको भक्तपुरको सल्लाघारीस्थित सार्वजनिक जग्गामा आयोजना हुने उद्घाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।