ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

काठमाडौं ।

लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।

लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।

कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको थियो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै उपाधि हात पारेको हो ।

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा हार बेहोरेको लुम्बिनी एक समय लिग चरणबाटै बाहिरिने खतारामा पुगेको थियो । तर त्यसपछि सानदार पुनरागमन गर्दै टोलीले अन्ततः एनपीएलको उपाधि जित्न सफल भयो ।

लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि टोलीले आक्रामक सुरुवात गरेको थियो । सो ओभरमा लुम्बिनीले २७ रन जोडेको थियो ।

दिनेशले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गरी ४२ रन बनाए । पहिलो विकेटका लागि उनले डार्सी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए ।

हेमन्त धामीले पाँचौँ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडे । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौँ ओभरको पहिलो बलमा बोल्ड भए भने दिनेश सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याच आउट भए ।

कप्तान रोहित पौडेलले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन योगदान गरे । निरोशन डिकवेलाले १२ बलमा अविजित ११ रन बनाए भने दिलिप नाथले विजयी रन जोडे ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएल इतिहासको संयुक्त चौथो न्यून स्कोर हो भने फाइनलको सबैभन्दा कम योगफलसमेत हो ।

लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको धारिलो बलिङपछि सुदूरपश्चिमको इनिङ्स धराशायी बनेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । ५१ बल खेलेका उनले १ चौका प्रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर उनले २५ रनको साझेदारी गरेका थिए ।

कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे ।

सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए । रोहितले ४ ओभरमा १२ रन मात्र खर्चिए ।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?