© २०२३
काठमाडौँ ।
क्रिकेटर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा लगातार दुई सिजन ट्रफी जित्ने पहिलो खेलाडी बनेका छन् ।
एनपीएलको पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट खेल्दै उनले टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । दोस्रो सिजनअघि जनकपुरले उनलाई रिलिज गरेपछि मल्ल लुम्बिनी लायन्समा आबद्ध भएका थिए ।
मल्ल आबद्ध लुम्बिनी लायन्सले यसपटक एनपीएलको उपाधि जितेको छ । दुवै सिजनमा फाइनलमा पराजित हुने टोली भने सुदूरपश्चिम रोयल बनेको छ । यस सिजनमा शेर मल्लले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै कुल १७ विकेट लिएका छन् ।
फाइनल खेलमा सुदूरपश्चिमविरुद्ध ३ विकेट लिएपछि उनको विकेट संख्या १७ पुगेको हो ।
पहिलो सिजनमा जनकपुरबाट खेल्दा मल्लले ७ खेलमा ७ विकेट लिएका थिए । लगातार दुई सिजन उपाधि जित्दै उनी एनपीएलको इतिहासमा विशेष स्थान बनाउन सफल भएका छन् ।