© २०२३
काठमान्डौ, २७ मंसिर ।
नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशले आज (शनिबार) सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहित वामदेव गौतम र भीम रावल जस्ता नेताहरूले सभालाई सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिइन् ।
सन्देश सभा वीरेन्द्रनगरस्थित घण्टाघरमा आयोजना हुने बताइएको छ । मूलत : मंसिर १८ गते आयोजना हुने तय भएको सभा विशेष कारणले शनिबारका लागि सारिएको हो ।
गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूको एकतापछि नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो । त्यसपछि पार्टीले एकताको सन्देश प्रवाह गर्न प्रदेशस्तरमा एकता सन्देश सभा गर्दै आएको छ ।