Butwal Today

श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

युएईको सेभेन्स स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ साविक विजेता बंगलादेश, अफगानिस्तान र श्रीलंका पनि रहेका छन् ।

नेपालले प्रिमियर कप टोलीमा चार खेलाडी परिवर्तन गरेको छ । एसिया कपका लागि नेपाल प्रिमियर कप ९एनपीएल० खेलेका अभिषेक तिवारी, साहिल पटेल, पिविन शर्मा र युवराज खत्रीलाई टोलीमा समावेश गरिएको छ ।

नेपालले एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेपछि एसिया कपका लागि छनोट पाएको थियो ।