ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

बुटवल, २७ मंसिर । 

पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था ली.को पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । यातायात व्यवसायी र मजदुरको हित र संरक्षण गर्ने उद्देश्यसहित बि.सं .२०७८ सालमा सो सहकारी संस्थाले स्थापनाको छोटो अवधिमा ३३ सय भन्दा बढी शेयर सदस्य र ९ करोड भन्दा बढीको आर्थिक कारोबार गर्न सफल भएको छ ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दधिराम खरेलले कार्तिक मसान्तसम्म १ करोड ६६ लाख १७ हजार २०० रुपैयाँ शेयर पुँजी र ७ करोड २४ लाख ९७ हजार ३६७ निक्षेप सङ्कलन गरेको बताए । साथै समीक्षा अवधिमा संस्थाले आर्जन गरेको ब्याजसमेत कुल पुँजी ९ करोड ६२ लाख ९७ हजार १८१ रुपैयाँ रहेको जानकारी गराए । बस व्यवसायी र यातायात मजदुरले जीवनको उत्तरार्धमा आर्थिक विपन्नताको सिकार हुन नपरोस् भनेर सहकारी संस्था स्थापना गरिएको अध्यक्ष खरेलको भनाई छ ।

पश्चिम नेपाल बस व्यवसायी सङ्घका पूर्व अध्यक्ष तुलसीराम बन्जाडेले यातायात व्यवसायी र मजदुरका परिवारको सामाजिक सुरक्षा लगायतका हकहित संरक्षण र आर्थिक योगदान पुराउने उद्देश्यले सहकारी स्थापना गरिएको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले शेयर सदस्यको जीवनमा कुनै पनि प्रकारको दुर्घटना भई निधन भएमा वा घाइते भई काम गर्न नसक्ने भएको अवस्थामा सहकारीले निजको परिवारका लागि राहतको एउटा महत्त्वपूर्ण आधार बन्ने विश्वास भुसालले व्यक्त गरेका थिए ।

संस्थाका सचिव जितेन्द्र खत्रीले शेयर सदस्यहरूको हितमा नाफामुखी व्यवसाय प्रवर्द्धन गर्दै बहुउद्देश्यीय परियोजनाहरू सञ्चालन गर्ने जमर्को समेत गरिएको उल्लेख गरे । उनले सहकारीको सिद्धान्त र भावना समेट्दै आयआर्जन पनि बढाउँदै लैजाने खालका परियोजना सञ्चालन गरिने जानकारी गराएका छन् ।

सो अवसरमा निर्वाचन समितिको तर्फबाट मोहन पिएस, यातायात मजदुर सङ्घ सङ्गठनका तर्फबाट कृष्ण कंडेल, महिला शेयर सदस्य राधिका सिग्देल, प्रा।ली।का कर्मचारी मधुसुधन अधिकारी लगायतले यातायात व्यवसायी, मजदुर र कर्मचारीका समस्या तथा समाधानका उपायहरू बारे चर्चा गरेका थिए । संस्थाले समीक्षा अवधिमा ४ जना यातायात व्यवसायी, मजदुर र कर्मचारीको निधन पश्चात् परिवारलाई १५ देखि २२ लाखसम्म राहत रकम उपलब्ध गराइसकेको छ ।

यसैबिच सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा दधिराम खरेल पुनः सर्वसम्मत रूपमा चयन भएका छन् । उपाध्यक्षमा जिवनकुमार बन्जाडे, सचिवमा जितेन्द्र खत्री, कोषाध्यक्षमा नारायण भण्डारी पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद भट्टराईले बताए । साथै सदस्यहरूमा मन्जु बस्नेत क्षेत्री, कृष्ण प्रसाद न्यौपाने, राजेन्द्रकुमार पौडेल, बिष्णु प्रसाद पाण्डे, खुमा अधिकारी पनि सर्वसम्मत चयन भएका छन् । यस्तै लेखा समिति संयोजकमा संजयकुमार मुडभरी, सदस्यहरु रन्जित खनाल र मिना भट्टराई ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?