ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

कतार, २७ मङ्सिर ।   

कतारमा कार्यरत नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद् कतारको २३ औ स्थापना दिवसको अवसर पारेर नासिम सर्किजल मेडिकल सेन्टरको समन्वय तथा सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा करिब ६५० जना नेपालीहरू सहभागी भएका थिए, जस मध्य ३८६ जना सहभागीहरूलाई  प्रत्यक्ष स्वास्थ्य परीक्षण गरिएको थियो । समय अभावका कारण चेकअप गराउन बाकी रहेका १८५ जनालाई आगामी डिसेम्बर ३१ तारिक सम्म चेकअप गराउन पाउने व्यवस्थापन सहित भौचर उपलब्ध गराइएको छ ।

विशेषज्ञ चिकित्सकहरूद्वारा रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआइ परीक्षण, सामान्य,दन्त परामर्श तथा आधारभूत स्वास्थ्य परीक्षणका साथै सामान्य चिकित्सकीय परामर्श सेवा प्रदान गरिएको थियो । विशेषज्ञ चिकित्सकहरूको टोलीले श्रमिकहरूलाई नियमित स्वास्थ्य परीक्षणको आवश्यकता र रोगबाट जोगिन अपनाउनुपर्ने जीवनशैलीबारे सल्लाह सुझाव समेत दिएका थिए ।

परीक्षण कार्यक्रममा सहभागी एनसिसी कतारका सल्लाहकार यास्मिन नाजले यस्ता  कार्यक्रमले कतारमा काम गरिरहेका नेपाली श्रमिकहरूलाई ठुलो राहत र अपार फाइदा पुगेको बताइन् । कार्यक्रममा अन्य सहभागी रहेका नेपालीहरूले कतार जस्तो मुलुकमा यस्ता निःशुल्क स्वास्थ्य सेवाले आफूहरूलाई राहत भएको प्रतिक्रिया दिँदै गैर आवासीय नेपाली सङ्घ, एनसिसी कतारप्रति आभार प्रकट गरेका थिए ।

स्थापना दिवसको अवसरमा केक काटेर खुसीयाली मनाउँदै नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीले कतारमा कार्यरत नेपालीहरूको स्वास्थ्य जगेर्ना गर्नु हाम्रो पहिलो प्राथमिकता भएको बताउँदै यस्ता पहलले श्रमिकहरूलाई ठुलो सहयोग पुग्ने बताए । गैर आवासीय नेपाली सङ्घले विभिन्न समयमा कतारमा रहेका नेपाली श्रमिकहरूको हक हित तथा लाभदायक हुने काम गर्दै आइरहेको छ भने सङ्घले आगामी दिनमा फेरि यस्तै स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा एनआरएन अभियन्ता, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत नेपाली तथा अन्य समुदायका कामदारहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?