Butwal Today

प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न 

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।
बुटवल उपमहानगरपालिका ६ मा  सुन्दरनगरमा रहेको प्रसिद्ध कृषि सहकारीको नवौँ साधारण सभा  शुक्रवार सम्पन्न  भएको छ ।

कृषिमा लगानी  घर घरमा रोजगारी भन्ने  नारा सहित सञ्चालित सहकारीको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल नगरभित्र रहेका सहकारी भाग्न नसक्ने बताएका छन् ।

वडा अध्यक्ष न्यौपानेले भने पछिल्लो समय सहकारी सञ्चालकहरूले आफ्नो सम्पत्ति राखेर मात्र सहकारीको बोर्डमा बस्ने नियमहरू रहेका कारण सहकारीहरू बिस्तारै नियन्त्रणमा आउने प्रक्रियामा रहेको बताए ।

कृषि सहकारीले  रोजगारी सिर्जना गर्ने उद्देश्यले जग्गा भाडामा लिए कृषि उद्यम गर्न जरुरी रहेको भन्दै सहकारीमा सदस्य सङ्ख्या थप्दै ठुलो सहकारी बनाउन जरुरी रहेको उनको भनाई छ । वडा सदस्य चिनकाजी श्रेष्ठले सहकारीले साना साना बचतकर्तालाई  आर्थिक सहयोग गदै आएको बताए ।

बैकहरू बाट ऋण रकम लिन कठिनाइ भइरहेका बैला सहकारीले सजिलो तरिकाले ऋण लगानी गरिदिँदा सहकारीप्रति जनताको भरोसा रहिरहेको बताए । नेपाल पत्रकार महासङ्घ रुपन्देहीकी कार्यबाहक अध्यक्ष तथा सहकारीका सल्लाहकार विश्वास ढकालले मैलाको नेतृत्वमा सहकारीले राम्रो गरिरहेको बताए ।

पछिल्लो समय बुटवलमा बाहिरबाट आयातित सहकारीका कारण स्थानीय बाट सञ्चालित सहकारीलाई  कठिनाइ भइरहेको बताए । प्रसिद्ध कृषि सहकारीकी अध्यक्ष रिम कुमारी श्रेष्ठले   केही सहकारीले पैसा उठाएर भागेका कारण हामी जस्ता मैलाहरूले  सञ्चालन गरेका संस्थाहरूमा समेत  तेस्रो प्रभाव परेको बताए । तर स्थानीय रूपमा चलेका सहकारीमा कुनै सम्सिया नरहेको भन्दै आउने दिनमा सहकारीले सेवा सुविधा  थप गदै लैजाने बताइन  ।

प्रसिद्ध कृषि सहकारीमा करिब १ करोड बढी बचत रहेको भन्दै १७८ जना सदस्य रहेकोमा आउने दिनमा ३ सय बढी सदस्य बनाउने योजना रहेको बताइन ।कार्यक्रममा राजकुमार भट्टराई, शङ्कर परियार प्रकाश खनाल लगायतले बोलेका थिए कार्यक्रममा उत्कृष्ट बचत क्रता जेहेन्दार विद्यार्थीलाई समेत नगद सहित सम्मान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?