Butwal Today

प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न 

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।
बुटवल उपमहानगरपालिका ६ मा  सुन्दरनगरमा रहेको प्रसिद्ध कृषि सहकारीको नवौँ साधारण सभा  शुक्रवार सम्पन्न  भएको छ ।

कृषिमा लगानी  घर घरमा रोजगारी भन्ने  नारा सहित सञ्चालित सहकारीको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल नगरभित्र रहेका सहकारी भाग्न नसक्ने बताएका छन् ।

वडा अध्यक्ष न्यौपानेले भने पछिल्लो समय सहकारी सञ्चालकहरूले आफ्नो सम्पत्ति राखेर मात्र सहकारीको बोर्डमा बस्ने नियमहरू रहेका कारण सहकारीहरू बिस्तारै नियन्त्रणमा आउने प्रक्रियामा रहेको बताए ।

कृषि सहकारीले  रोजगारी सिर्जना गर्ने उद्देश्यले जग्गा भाडामा लिए कृषि उद्यम गर्न जरुरी रहेको भन्दै सहकारीमा सदस्य सङ्ख्या थप्दै ठुलो सहकारी बनाउन जरुरी रहेको उनको भनाई छ । वडा सदस्य चिनकाजी श्रेष्ठले सहकारीले साना साना बचतकर्तालाई  आर्थिक सहयोग गदै आएको बताए ।

बैकहरू बाट ऋण रकम लिन कठिनाइ भइरहेका बैला सहकारीले सजिलो तरिकाले ऋण लगानी गरिदिँदा सहकारीप्रति जनताको भरोसा रहिरहेको बताए । नेपाल पत्रकार महासङ्घ रुपन्देहीकी कार्यबाहक अध्यक्ष तथा सहकारीका सल्लाहकार विश्वास ढकालले मैलाको नेतृत्वमा सहकारीले राम्रो गरिरहेको बताए ।

पछिल्लो समय बुटवलमा बाहिरबाट आयातित सहकारीका कारण स्थानीय बाट सञ्चालित सहकारीलाई  कठिनाइ भइरहेको बताए । प्रसिद्ध कृषि सहकारीकी अध्यक्ष रिम कुमारी श्रेष्ठले   केही सहकारीले पैसा उठाएर भागेका कारण हामी जस्ता मैलाहरूले  सञ्चालन गरेका संस्थाहरूमा समेत  तेस्रो प्रभाव परेको बताए । तर स्थानीय रूपमा चलेका सहकारीमा कुनै सम्सिया नरहेको भन्दै आउने दिनमा सहकारीले सेवा सुविधा  थप गदै लैजाने बताइन  ।

प्रसिद्ध कृषि सहकारीमा करिब १ करोड बढी बचत रहेको भन्दै १७८ जना सदस्य रहेकोमा आउने दिनमा ३ सय बढी सदस्य बनाउने योजना रहेको बताइन ।कार्यक्रममा राजकुमार भट्टराई, शङ्कर परियार प्रकाश खनाल लगायतले बोलेका थिए कार्यक्रममा उत्कृष्ट बचत क्रता जेहेन्दार विद्यार्थीलाई समेत नगद सहित सम्मान गरिएको थियो