© २०२३
काठमान्डौ, २७ मंसिर ।
नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन कार्यक्रममा उपस्थित नहुने भएका छन् । प्रचण्डले शुक्रबार नै भिडियो सन्देशमार्फत् सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।
एमालेको महाधिवेशन भक्तपुरको सल्लाघारीमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने तयारीमा रहेका छन् ।