ट्रेंडिंग:

>> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ?

क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

गुल्मी, २७ मङ्सिर  ।

क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा सवा तीन करोड नगद रुपैयाँ सङ्कलन भएको छ ।

सत्यवती गाउँपालिका –५ हँसरा स्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधान्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।

क्याम्पसको दीर्घकालीन शैक्षिक विकासका लागि तीन करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने उद्देश्यले मङ्सिर १८ गतेदेखि २५ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन भएको महायज्ञबाट नगद तीन करोड १५ लाख रुपैयाँ सङ्कलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिएका छन् ।

त्यसका अतिरिक्त महायज्ञमा सात सय मुरी धान र ३० क्वीण्टल चामल समेत सङ्कलन भएको संयोजक ढकालले बताए ।  महायज्ञमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती ५ रघेवा जन्मस्थानभई हाल बेलायत बस्दै आएका सफल व्यवसायी काशीराम भण्डारी रहेका छन् ।

उनले व्यक्तिगत रूपमा १६ लाख ५० हजार रुपैयाँ महायज्ञमा क्याम्पसका लागि सहयोग गरेका छन् । उनले क्याम्पस हाताभित्र निर्माण गरिने सरस्वती मन्दिरका लागि पनि थप एक लाख रुपैयाँ सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरी सत्यवती–८ भार्से हाल हङ्कङ् निवासी कुल बहादुर बुढाथोकीले दश लाख एक हजार रुपैयाँ, बेलायतमा रहनुहुने केशव ज्ञवालीको परिवारले दश लाख रुपैयाँ, स्थानीय लक्ष्मण भण्डारी सात लाख र गोम बहादुर भुसालले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिए ।

२०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ । उक्त क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयको अनुदानले मात्र क्याम्पसको आर्थिक व्यवस्थापनमा समस्या भएका कारण महायज्ञ सञ्चालन गर्नु परेको महायज्ञ मूल समारोह समिति अध्यक्ष पीताम्बर ज्ञवालीले बताए ।

उनले महायज्ञको खर्च कटाएर बचत रकमलाई अक्षय कोषमा राखेर त्यसै मार्फत क्याम्पस सञ्चालन खर्च व्यवस्थापन गर्ने जानकारी दिए ।

महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?