Butwal Today

आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खा मौसम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै सर्वसाधारण र सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसअनुसार, मिति २०८२ कार्तिक २५ देखि मङ्सिर २६ गतेसम्म देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् ।