ट्रेंडिंग:

>> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन

२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

काठमाडौँ ।

भिजिट भिसामार्फत विभिन्न देशमा विदेश पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट हुने ‘सेटिङ’मा दुई ट्राभल कम्पनीका सञ्चालकमार्फत घुस लेनदेन हुने गरेको भेटिएको छ ।

यस प्रकरणमा तत्कालीन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएको छ ।

घुस लेनदेनको तरिका र संलग्न व्यक्तिहरू 

भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई रकम दिने क्रममा ‘ग्रिनलाइन होलिडे प्रालि’का सञ्चालक बालकृष्ण खड्का र ‘फेमिली होलिडे ट्राभल्स एण्ड टुर’का सञ्चालक दीपक भण्डारीसँग लेनदेन भएको देखिएको छ । भट्टराईले घुमाउरो रूपमा बालकृष्ण खड्काका भतिज राम खड्कामार्फत ‘पार्सल’ का रूपमा पैसा लिएको खुलेपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

‘फेमिली होलिडे’ का सञ्चालक भण्डारीले तीर्थराज भट्टराईसँग ‘सेटिङ’ गरी १७ जना पुरुष र १८ जना महिलालाई भिजिट भिसामा विदेश पठाएको पाइएको छ । त्यस्तै ‘ग्रिनलाइन होलिडे प्रालि’का सञ्चालक खड्काले भने भट्टराईसँगको ‘सेटिङ’मा ५७ पुरुष र ४७ जना महिलालाई भिजिट भिसामा विदेश पठाएको खुलेको छ ।

त्यस्तै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालले भिजिट भिसा प्रकरणको घुसबापत ८ लाख रुपैयाँ अध्यागमन प्रमुख भट्टराईसँग लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। भट्टराईसँग परिचित जग्गा कारोबारी खेमप्रसाद सुवेदीसँग कविता पौडेलले पटक–पटक रकम लेनदेन गरेको पनि भेटिएको छ ।

तीर्थराज भट्टराईले कविता पौडेलको नाममा रहेको मोबाइल सिम अवैधानिक रूपमा प्रयोग गरी सो सिममार्फत भिजिट भिसाका यात्रुहरूको नामावली बालकृष्ण खड्कासमेतसँग आदानप्रदान गर्ने कार्यमा अधिक रूपमा प्रयोग गरेको भेटिएको थियो । साथै, कविता पौडेलको नाममा खेमप्रसाद सुवेदीमार्फत जग्गा खरिद गराएको भेटिएको छ ।

पौडेलले खेमप्रसाद सुवेदीलाई रकम दिएको भनी डायरीमा टिपोट गरेको पाइएको थियो । अनुसन्धानबाट कविता पौडेलले तीर्थराज भट्टराईलाई ‘तिम्रो सामान सुवेदीसँग छ, उतैबाट लिनू’ भनी एसएमएस पठाएको पनि खुलेको छ । त्यस्तै भिजिट भिसामा मानिस पठाउने एजेन्ट चन्द्र प्रभाकर तिमिल्सेनाले होटल कर्मचारी जनक कर्माचार्यको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको र सो रकम बालकृष्ण खड्कामा फिर्ता हुने गरेको भेटिएको छ ।

राजनीतिक तरंग र विस्तृत अनुसन्धान 

यस प्रकरणमा तत्कालीन गृहमन्त्री लेखक, उनको सचिवालयका कर्मचारी र गृहका अन्य अधिकारीहरू पनि शंकाको घेरामा तानिएका थिए । त्यस क्रममा अख्तियारले तत्कालीन गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्ट र उनकै सचिवालयमा कार्यरत उपसचिव बद्री तिवारीसँग पनि बयान लिएको थियो । तर अख्तियारले यस प्रकरणमा दुवै जनाको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।

तस्करी प्रकरणमा मन्त्री लेखकमाथि नै अनुसन्धान हुनुपर्ने माग राख्दै सुरुमा माओवादी, रास्वपा र राप्रपासहितका दलहरूले सदन अवरुद्ध पारेका थिए । पछि माओवादी सदन अवरुद्धको अडानबाट पछि हटेको थियो । तर रास्वपा र राप्रपाले तत्कालीन गृहमन्त्री लेखकको राजीनामा र निष्पक्ष अनुसन्धानको माग गर्दै त्यसका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोधलाई निरन्तरता दिएका थिए ।

यसैबिच अख्तियारले अनुसन्धान जारी राखेको थियो । त्यही क्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले छानबिन समितिको सट्टा अध्यागमन प्रशासन सुधारका लागि समस्या पहिचान र सुधारका सुझाव दिन पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा असार १२ गते कार्यदल गठन गरेको थियो ।

गृहमन्त्री लेखकले आरोप प्रमाणित भए राजीनामा मात्रै नभई राजनीति नै छाड्ने भन्दै आफूमाथि उठेका प्रश्नहरूको प्रतिवाद गरेका थिए । उनले ‘कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीले राजीनामा दिँदै जाने हो र ?’ भन्दै प्रश्न पनि गरेका थिए । आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका थिए ।

‘भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्‍यो भने, म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु,’ भन्दै उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । यसैबीच, तत्कालीन सरकारले गठन गरेको बैरागी नेतृत्वको कार्यदलले अध्यागमनमा देखिएका समस्याहरूको पहिचान गरी केही महिनाअघि नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

अख्तियार र प्रहरीको अनुसन्धानबाट यो गिरोहकै आडमा प्रतिव्यक्ति युरोप जानेहरूबाट ३ लाखसम्म र एसियाका विभिन्न मुलुक जान ५० हजारसम्म रकम असुल्ने गरेको तथ्यहरू भेटिएका थिए । भिजिट भिसाका नाममा मानव तस्करी मौलाएपछि दुई वर्षअघि प्रहरीले विमानस्थल अध्यागमनमा विशेष अपरेसन चलाएको थियो । यस क्रममा अध्यागमनका कर्मचारीसहितको गिरोहलाई पक्राउ गरी संगठित अपराध, ठगीलगायतका कसुरमा अनुसन्धान गरिएको थियो ।

सो क्रममा एउटा ट्राभल एजेन्सीबाट भिजिट भिसामा पठाउन लागिएका ६६ जनाको राहदानी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसबेला अध्यागमन अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाइएको थियो । प्रहरीले अध्यागमन अधिकृत खड्कालाई पक्राउ गरेपछि तस्करीको जालो अझ खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?