ट्रेंडिंग:

>> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा

स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

काठमान्डौ, २५ मंसिर ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो स्वास्थ्य बीमाको प्रभावकारी व्यवस्था अझै स्थापित नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले देशभरका स्वास्थ्य सेवा संरचनामा सुधार र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन् ।

उनका अनुसार आधारभूत स्वास्थ्य सेवाहरू स्थानीय तहबाट नै सहज रूपमा उपलब्ध हुनुपर्ने हो । तर जाने–नजानेर साधारण उपचारका लागि पनि सेवा–ग्राहीहरू ठूला अस्पतालमा आउँदा ती अस्पतालहरूमा अनावश्यक भीड बढ्ने गरेको छ ।

विशिष्ट सेवा प्रदान गर्नुपर्ने ठूला अस्पतालहरू साधारण सेवा दिन बाध्य हुँदा स्वास्थ्यकर्मीमाथि कामको चाप बढ्ने तथा औषधि अभावजस्ता समस्या देखिने मन्त्री गौतमको भनाइ छ ।

बीमाप्रति आम नागरिक तथा बीमा बोर्डकै बुझाइ कमजोर रहेको उल्लेख गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाबारे स्पष्टता बढाउनुपर्ने आवश्यकता औंल्याइन् । अस्पतालमा थुप्रिँदै गएको चाप कम गर्न तथा स्वास्थ्य बीमालाई लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सरकार गम्भीर भएर अघि बढिरहेको उनले बताइन् ।

उनले भनिन्, “आधारभूत स्वास्थ्य सेवाहरू स्थानीय तहमै मजबुत रूपमा सञ्चालन गरौँ । बीमाबारे नागरिक, अस्पताल र बीमा बोर्ड सबैमा पर्याप्त बुझाइ नहुँदा अस्पतालमा चाप बढेको छ । अब बीमालाई कसरी प्रभावकारी बनाउने र लक्षित समूहसम्म पुर्‍याउने भन्ने दिशामा हामी अघि बढिरहेका छौँ ।”

मन्त्री गौतमले लुम्बिनी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ–शिशु मृत्युदर उच्च रहेको बताउँदै ती क्षेत्रहरूलाई अत्यधिक प्राथमिकताका साथ कार्यक्रम सञ्चालन भइरहेको पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?