© २०२३
काठमाडौँ ।
भारतस्थित गोवाको बिर्च नाइटक्लबमा पाँच नेपालीसहित २५ जनाको ज्यान जानेगरी भएको आगलागीको पाँचौँ दिन, बिहीबार क्लबका मालिक सौरभ लुथरा र गौरव लुथरा दाजुभाइलाई थाइल्यान्डमा पक्राउ गरिएको छ ।
थाई प्रहरीले हतकडी लगाइएका दाजुभाइको राहदानीसहितको तस्बिर सार्वजनिक गरेको छ । स्रोतका अनुसार भारतीय अधिकारीहरूको एक टोली थाइल्यान्ड पुगेको छ र लुथरा दाजुभाइलाई २४ घण्टाभित्र भारत ल्याइनेछ । गोवा प्रहरीले भारत फर्किएलगत्तै उनीहरूलाई हिरासतमा लिने जनाएको छ ।
मंसिर २० गते (डिसेम्बर ६) मध्यराति बिर्च नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो, जसमा ५ जना नेपाली थिए । घटनापछि क्लबका मालिक दाजुभाइ भारतबाट भागेर थाइल्यान्ड पुगेका थिए । उनीहरूविरुद्ध अपराधपूर्ण हत्या र लापरबाहीको आरोप लगाइएको छ ।
उक्त आगलागीमा परी दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो । मृतकका शव नेपाल ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।