ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

दाङ, २५ मङ्सिर।

सीप भए कामको अभाव हुँदैन—यो भनाइलाई दाङमा टायल–मार्बल मिस्त्री बनेर आत्मनिर्भर भएका कैलालीका २६ वर्षीय नारायण चौधरी र घोराही–३ की उर्मिला चौधरीले व्यवहारमै प्रमाणित गरिरहेका छन्। सुरुमा सामान्य लेबरका रूपमा काम सिक्न थालेका उनीहरू आजका दिनमा दक्ष मिस्त्री बनेका छन् र परिवार पाल्ने मात्र होइन, भविष्यका लागि बचत गर्न पनि सक्षम छन्।

पाँच वर्षअघि मार्बल–टायल जडानको सीप सिक्न दाङ आएका नारायण अहिले हेड मिस्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। उनका अनुसार लेबर हुँदा कमाइ थोरै थियो, तर सीप सिकेपछि आयमा ठूलो वृद्धि भएको छ।

“पढाइ धेरै छैन, तर हातमा सीप छ। त्यसैले खाली बस्न पर्दैन, कामकै भरमा महिनामा ३०–३५ हजार बचतसहित कमाइ हुन्छ,” नारायण भन्छन्। कैलालीमै कामको अवसर भए पनि दाङमै बस्दा राम्रो अनुभूति भएका कारण यतै सुरक्षित रोजगारी बनाएको उनी बताउँछन्। आम्दानीले घरका बुवा–आमा र भाइ–बहिनीको सम्पूर्ण खर्च धानिरहेको उनले गर्वका साथ सुनाए।

त्यस्तै, चार वर्षदेखि यही पेशामा सक्रिय घोराही–३ की उर्मिला चौधरी (२४) दाङमै महिला मार्बल–टायल मिस्त्रीको रूपमा पहिचान बनाउन सफल भएकी छन्।

“घरमा खाली बस्नुभन्दा केही गरौँ भनेर लेबरको रूपमा सुरु गरेकी थिएँ। काम सिक्दै जाँदा मिस्त्री नै बनेँ,” उनी बताउँछिन्। कडा शारीरिक मेहनतको काममा छोरीमान्छे देख्दा पहिले धेरैजसो अचम्म मान्थे, तर अहिले उनको मेहनत, सीप र समर्पणप्रति सबै सम्मानित छन्।

उर्मिलाले अहिले मासिक २५–३० हजार रुपैयाँ आम्दानी गर्छिन्। घरमा बुड्‍ढी आमादेखि भाइ–बुहारीसम्म सबैको खर्च चलाउन सजिलो भएको र सानो–सानो बचत पनि गर्न थालेकी उनले बताइन्।

दाङमा १२ वर्षदेखि टायल–मार्बल काम गर्दै आएका ठेकेदार सलिम मियाँका अनुसार सबैभन्दा ठूलो चुनौती भनेको नेपाली युवाबाट कामदार नपाइनु हो।

“काम धेरै छ, तर लेबर र मिस्त्री पाउन गाह्रो भइसकेको छ। नारायण र उर्मिलाले मात्र सबै काम धान्न सक्तैनन्,” मियाँ भन्छन्। उनका अनुसार युवाहरू विदेशमै कमाइ छ भन्ने भ्रममा स्वदेशमा उपलब्ध रोजगारीलाई बेवास्ता गर्छन्।
“यतै बसेर पनि राम्रो कमाइ हुन सक्छ भन्ने उदाहरण नारायण र उर्मिला हुन्। युवाहरूले सीप सिकेर स्वदेशमै दाम कमाउनुपर्छ,’’ मियाँको आग्रह छ।

दाङमा टायल–मार्बल व्यवसाय विस्तार हुँदै जाँदा सीप भएका कामदारको माग झनै बढेको छ। मेहनत गर्न तयार युवायुवतीका लागि यो क्षेत्र आत्मनिर्भरता र स्थिर आयको उदीयमान अवसर बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?