© २०२३
दाङ,२५ मङ्सिर ।
काठमाडौँ आउँदै गरेको बस आज बिहान( बिहीबार ) दाङमा दुर्घटना भएको छ ।
डडेलधुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका– १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो । बिहान करिब ३ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
घाइतेहरुमा नबदुर्गा गाउँपालिका-२ बेतपानि का २८ वर्षका खगेन्द्र बि.क., सोही ठाउँका २७ वर्षकी सन्जा महर ,.परशुराम न.पा.-५ का २२ वर्षका नरेन्द्रप्रसाद भट्टराई , कैलाली गोदावरी न.पा. -१० अत्तरिया का ३७ वर्षका महेन्द्र ओड, बैतडी जिल्ला मेलैरी न.पा.- ३ का ३८ वर्षका ध्रुव चन्द, जिल्ला डडेलधुरा भागेश्वर गा.पा.- ४ का २२ वर्षका विक्रम धामी, जिल्ला डडेलधुरा नबदुर्गा गा.पा.- ४ का ४७ वर्षकी पार्वती विष्ट, कैलाली महोलिया गा.पा. -१ का २१वर्षका टेक बहादुर थापा, डडेलधुरा नबदुर्गा -२ का १९ वर्षका धनबहादुर ऐर , बैतडी सिँगास गा.पा. – ३ का २५ वर्षका एसोधा धामी, सोही ठाउँकी १ वर्षकी रीषीका बोहरा, डडेलधुरा नबदुर्गा गाउँपालिका १का ४२ वर्षका जितेन्द्र बुढा ऐर, सोही जिल्लाका अमरगढी न.पा. ९का ३१ वर्षका देवी सार्की, प्युठान झिममुरुक गा.पा. १ का २७ वर्षका कमला गिरी , डडेलधुरा अम्मर गढी न.पा. ९ का ३९ वर्षका मोहन सिँह सार्की, सोही ठाउँका ५ वर्षका योगेश सार्की, अम्मर गढी न.पा.६ का १७ वर्षका साजन कैनि,नबदुर्गा गा.पा. १का २२ वर्षका जुना बुढा, सोही ठाउँकि ५२ वर्षकी भुनुदेवी साउद रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।