दोहा (कतार), २५ मंसिर ।
कतारमा नेपाली समुदायबिच सक्रिय रहेको सामाजिक संस्था पर्वत समाज कतारले आफ्नो “२३औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभाको तयारी पूरा गरेको छ ।समाजले शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा तय गरेको “वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी पूरा गरेको हो ।
समाजले एक वर्षमा गरेका सामाजिक गतिविधि सगैं संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र संस्थाको “२३ औ वार्षिकोत्सव भव्यता साथ मनाउने समय तालिका समाजले अघि सारेको छ । कतारमा रहेका स्थानीय कलाकारहरूको गायन तथा नृत्य बिधामा प्रस्तुति सहित अन्य विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुति रहने समाजले जनाएको छ ।
विविध सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार वरिष्ठ लोकदोहोरी
गायक तथा सर्जक बुद्धिराम शर्मा र सारेगमा लिल च्याम्पका फाइनलिस्ट अरुण सुनार मगंलबार कतार् आइपुगेको र अतिथि द्वय कलाकारहरूको आगमनसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका संयोजक टिकाराम भुसालले जानकारी दिएका छन्
कतारमा रहेका नेपाली समुदायको गर्विलो उपस्थिति सहित कार्यक्रम भव्य रूपमा सफल रहने आशा समाजका अध्यक्ष सन्तोष क्षेत्रीले व्यक्त गरेका छन् ।
बिहान ११ बजे देखि सुचारु हुने कार्यपालिका रहेको कार्यक्रममा प्रवेश शुल्क भने निःशुल्क रहेको छ । कतारमा स्थापित विभिन्न सामाजिक संस्था तथा नेपाली समुदायलाई कार्यक्रममा हार्दिक निमन्त्रणाका साथ उपस्थिति जनाइदिन पर्वत समाज कतारले आग्रह समेत गरेको छ । कतारलाई कर्मथलो बनाउँदै आइरहेका पर्वत जिल्लाका नेपालीहरूलाई तथा गृह जिल्ला पर्वतमा भई परि आउने समस्याहरूलाई समाजले विभिन्न सामाजिक कार्यहरूद्वारा सहयोग गर्दै आइरहेको छ ।