© २०२३
काठमान्डौ, २४ मंसिर ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार मुलुकमा नीति तथा कार्यक्रम अगाडि बढाइरहेको बताएकी छिन् । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यसबारे दाबी गरेकी हुन् ।
मन्त्री गौतमले जेन–जी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको स्मरण गर्दै, त्यसको सम्मान गर्दै सरकार एकचित्त भएर काम गरिरहेको बताइन् ।
उनले आगामी बजेटमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने योजना रहेको पनि जनाइन् । मन्त्री गौतमले सबै स्थानमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधि तथा उपचारको पहुँच सुनिश्चित गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइन् ।