ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भैरहवा, २४ मङ्सिर ।

भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयहरूमा मङ्सिर २३ गतेदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।

महासङ्घले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेन्टहरूको पेसा-व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक प्रभाव पार्ने दाबी गरेको छ ।

महासङ्घका अनुसार, भन्सार ऐन २०८२ रहेको केही व्यवस्थाका कारणहरूले गर्दा एजेन्टहरूलाई हतोत्साहित तुल्याएको छ । महासङ्घका अध्यक्ष प्राचीन कुमार थैवका अनुसार ऐनमा भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिलाई हतोत्साहित पार्ने खालका दण्ड जरिवानाका प्रावधानहरू समावेश गरिएको छ ।

ऐनका प्रावधानहरूले भन्सार एजेन्टहरूको पेसागत हकहित र सहज काम गर्ने वातावरणमा नकारात्मक असर पुर्‍याएको भन्दै उनले ऐनको मस्यौदा तयार गर्दादेखि नै भन्सार विभाग र अर्थ मन्त्रालयलाई पेसागत हकहित र व्यापार सहजीकरण बारे ध्यानाकर्षण गराउँदा पनि मागहरूलाई बेवास्ता गरिएको गुनासो गरे ।

थैवले जारी गरेको विज्ञप्तिमा सरकारले उत्पन्न परिस्थितिलाई समयमै समाधान गर्न पहल कदमी लिने अपेक्षा गरिएको जनाइएको छ । सरकारले उठाएका मागहरूलाई तत्काल सम्बोधन नगरे, आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने समेत महासङ्घले स्पष्ट पारेको छ ।

यस विषयमा मंगलबार नेपाल भन्सार एजेन्ट महासङ्घ र भन्सार विभाग बिच कुराकानी भए पनि कुनै निष्कर्ष बिना नै टुङिएको छ । भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू सोमबारदेखि नै आन्दोलित भएका छन् ।

आन्दोलनको कारण दैनिक ३३ करोड राजस्व उठाउने दबावमा रहेको भैरहवा भन्सार कार्यालयको राजस्व असुली नराम्ररी प्रभावित बनेको छ ।  विद्युतीय माध्यमबाट विवरण घोषणा गर्दा प्राविधिक कारण वा मानवीय भूलबाट कागजात फरक पर्न सक्छ ।

सानो त्रुटिलाई पनि जालसाजी वा बदनियत पूर्ण कार्य मानेर ठुलो जरिवाना लगाउनु अन्यायपूर्ण रहेको भन्सार एजेन्टहरूको भनाइ छ । बदनियत पूर्ण ढङ्गले गरिने त्रुटि र साधारण त्रुटिबिच स्पष्ट विभेद गरिनुपर्ने उनीहरूको माग छ ।

“जानाजान राजस्व छल्ने उद्देश्यले गरिएको कार्यमा मात्र कडा कारबाही हुनुपर्छ, नकि असावधानीले हुने त्रुटिमा ।” महासङ्घका अध्यक्ष थैवले भने ।भन्सार एजेन्टहरूको आन्दोलनको कारण मंगलबार पनि भैरहवा भन्सार ठप्प रह्यो ।

यद्यपि पेट्रोलियम पदार्थ बोकेका केही गाडी र औषधि बोकेको १ वटा गाडीको भने जाँच पास भएर गएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार समस्या विरुद्ध व्यवसायीको समर्थन

यसै बिच सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले देशका विभिन्न भन्सार कार्यालयहरूमा देखिएको प्राविधिक अवरोध, सेवा प्रवाहमा ढिलाइ र डिजिटल प्रणालीको अस्थिरताका कारण व्यापारिक कार्यहरू प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले मंगलबार एक विज्ञप्ति जारी गर्दै भन्सार प्रक्रियाका जटिलता र चर्को जरिवाना नीतिले आयात–निर्यातमा अनावश्यक बोझ थोपरेको आरोप लगाएको छ ।
सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भन्सार विवरणमा भएका साना–साना गल्तीका आधारमा अत्यधिक जरिवाना लगाउने र प्रक्रियामा ढिलाइ गर्ने कार्य तत्काल रोकिनुपर्ने माग गरिएको छ ।

‘विवरणमा साना–साना त्रुटि भएमा सरकार स्वयंले त्यसलाई व्यवस्थापन गरी व्यापार सहजीकरणमा भन्सारका सबै अङ्गको सहयोग सुनिश्चित गर्नुपर्ने हाम्रो माग छ,’ विज्ञप्तिमा भनिएको छ । यसले व्यवसायीहरूको समय र लागत बचत हुने सङ्घको विश्वास छ ।

व्यापारिक समुदायले भोगेका समस्याको प्रभावकारी समाधान खोज्नका लागि नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगर रुपन्देहीले २०८२ मङ्सिर २३ गते आयोजना गरेको ‘कलम बन्द कार्यक्रम’ प्रति सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।

सङ्घले भन्सार एजेन्टले उठाएका मागहरू न्यायोचित भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सङ्घको धारणा अनुसार, सरकार उदार अर्थनीतिको विरोधमा कडाइपूर्ण भन्सार नीति ल्याएर अघि बढ्न सक्दैन । केवल दण्ड जरिवाना थोपारेर व्यापार–व्यवसाय वृद्धि सुनिश्चित हुने छैन ।’

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले व्यापारिक वातावरणलाई सहज बनाउन र समस्याको शीघ्र समाधान गर्न सबै सम्बन्धित निकायहरूलाई तत्काल प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?