© २०२३
काठमान्डौ, २४ मंसिर ।
सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार आफ्नो पदबहाली गरेका छन् । अदालतले पुनर्बहालीको आदेश जारी गरेपछि शाक्य प्राधिकरणको कार्यालय पुगेका हुन् ।
सर्वोच्च अदालतको सोमबारको आदेशले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते गरेको पदमुक्त गर्ने निर्णय कानूनी रूपमा उचित नभएको ठहर गरेको हो ।
पदमुक्त भइसकेपछि शाक्यले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । अदालतको आदेशसँगै उनी पुनः कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।