दोहा, कतार, २४ मङ्सिर
कतारलाई कर्म थलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “बृहत् वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। जलजला समाज कतारले आउँदो शुक्रवार नयाँ वर्ष २०२६ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम कतारको अल दोसरी पार्क सहानियामा भव्य रूपमा सम्पन्न गर्न भएको हो ।
आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षलाई खुसीयालीपूर्वक मनाउनुका साथै प्रवासमा रहेका नेपालीहरूबिच आपसी एकता, सम्बन्ध र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको समाजका अध्यक्ष देवराज कार्कीले बताए ।
यस वर्षको वनभोज कार्यक्रममा कतारमा रहेका एक दर्जन भन्दा बढी स्थानीय कलाकारहरूको बेजोड् सांगीतिक प्रस्तुति,सगैं चुड्का नृत्य समूह र मयुर टप्पा नृत्य समूहको प्रस्तुतिको साथमा अन्य विविध सांस्कृतिक कार्यक्रम सगैं परिवारमैत्रीको साथमा नेपाली परिकारहरूको व्यवस्था समेत रहने कार्यक्रम संयोजक सूर्य बहादुर खत्रीले जानकारी दिएका छन् ।
शुक्रवार बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको उक्त कार्यक्रममा बुटवल टुडे राष्ट्रिय दैनिक समेत सञ्चार सहयोगीको रूपमा रहेको छ । कार्यक्रमलाई सफल बनाउन सक्रिय सहयोग, सहभागिताका लागी कतारमा रहेका नेपाली समुदायका सामाजिक अगुवा, बुद्धिजीवी,समाजसेवी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भएर सफल बनाई दिन पर्वत जलजला समाज कतारले अनुरोध समेत गरेको छ ।