© २०२३
काठमाडौँ ।
आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेर तोलामा २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि एकैदिन १ सय ५० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ सय ५० रुपैयाँले बढेर ३ हजार ७ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको आजको मूल्य अहिलेसम्मकै उच्च रहेको बताइएको छ । हिजो चाँदी तोलाको ३ हजार ६ सय रुपैयाँ थियो ।
यसअघि मंसिर १७ गते चाँदी तोलाको ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।