Butwal Today

कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

२४ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २४ मंसिर ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीका सभापति पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । बुधबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

‘साथीहरूको जिज्ञासा, मेरो धारणा’ शीर्षकमा लेख्दै भण्डारीले भनेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित छ । तर देश, जनता, प्रजातन्त्रको हित तथा संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यसअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यही रूपले अघि बढ्न म तयार छु ।”

उनले सुझाव, समयको माग र राजनीतिक परिवेशलाई सम्मान गर्दै उचित कदम चाल्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुने कार्यक्रम छ ।