ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

चन्द्रौटा, २४ मंसिर।

नेपाली कांग्रेस कपिलवस्तु–३ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर तीव्र असन्तोष चुलिएको छ। पूर्व सांसद अभिषेक प्रताप शाह नेतृत्वको समूहले क्षेत्रीय समितिद्वारा ‘एकल नाम’ सिफारिस गरिएको भन्दै जिल्ला कार्यसमितिमा औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो।

शाहको हस्ताक्षर रहेको पत्रमा प्रतिनिधिसभा सदस्यका लागि बिरेन्द्र कुमार कनौडियाको मात्र नाम एकल रूपमा केन्द्रमा पठाइनुले लोकतान्त्रिक प्रक्रिया कुण्ठित भएको आरोप लगाइएको छ। २०७४ मा निर्वाचित र २०७९ को निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा आफू योग्य उम्मेदवार भएको दाबी गर्दै शाहले आफ्नो नाम समेत समावेश गर्न अपिल गरेका छन्।

गत २२ गते बसेको क्षेत्रीय बैठकमा शाह र कनौडिया दुवैको नाम केन्द्रमा पठाउने प्राथमिक प्रस्ताव भए पनि अन्तिममा कनौडियाको मात्र नाम सिफारिस गर्ने निर्णय ‘जबरजस्ती पारित’ गरिएको स्रोत बताउँछ। स्रोतका अनुसार तल्लो तहका कार्यकर्ता र स्थानीय जनभावनालाई बेवास्ता गर्दै शाहको नाम कटौती गरेर कनौडियालाई प्राथमिकता दिने निर्णय लिइएको हो।

यस निर्णयपछि पार्टीको भित्री वृतमै असन्तोष उग्रिएको छ। प्रदेशसभा (क) का क्षेत्रीय सभापति गोविन्द बहादुर खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा सो निर्णय कार्यकर्ताको भावना विपरीत भएको उल्लेख गर्दै शाहको नाम पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ।

सभापति खत्रीले भने— “पार्टी कसैको निजी सम्पत्ति होइन। कार्यकर्ताको भावना र संगठनात्मक विधिअनुसार निर्णय हुनु जरुरी छ। तर यहाँ एकलौटी रूपमा निर्णय गरिएकाले हामीले अभिषेक प्रताप शाहको नाम समेत सिफारिस गरेका छौँ।”

आगामी फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रको यो विवादले कपिलवस्तु–३ मा आन्तरिक शक्ति–सन्तुलन नयाँ मोड लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?