ट्रेंडिंग:

>> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

काठमान्डौ, २३ मंसिर ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले विकास आयोजनाहरू रोकिएको मुख्य कारण ‘निर्णय नगर्ने रोग’ भएको आरोप लगाएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको रुग्ण ठेक्का सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पदमा बसेर पनि समयमै निर्णय नलिने, जिम्मेवारीबाट पन्छिने तथा अनिर्णयशीलता देखाउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए ।

मन्त्री घिसिङका अनुसार मन्त्रालय र विभागहरूमा आफ्नै ठेक्कासम्बन्धी यकिन तथ्यांक समेत नहुनु ठूलो कमजोरी हो । सडक विभागमा मात्रै करिब २१०० ठेक्का चालु रहेको उल्लेख गर्दै उनले भने, “महानिर्देशकलाई सोध्दा पनि कुन ठेक्का कहाँ छ भन्ने स्पष्ट तथ्यांक छैन । स्थानीय र प्रदेश तहका परियोजनासहित देशभर १० हजारभन्दा बढी ठेक्का अलपत्र हुन सक्छन्, जसको मार जनता वर्षौँदेखि भोगिरहेका छन् ।”

उनले आयोजनाहरू समयमै सम्पन्न नहुँदा पुँजीगत खर्च ठप्प हुने, जसको प्रभाव रोजगारीदेखि समग्र अर्थतन्त्रसम्म देखिने बताए । “ठेक्का लाग्दैन, लागे पनि काम हुँदैन । निर्माण रोकिनु भनेको केवल काम रोकिएको होइन, जिडिपी र रोजगारमा प्रत्यक्ष धक्का हो,” मन्त्री घिसिङले बताए ।

भेरी–बबई डाइभर्सन परियोजनाको उदाहरण दिँदै उनले प्लानिङ र टाइमिङमा गम्भीर त्रुटि भएको भन्दै केवल सुरुङ बनिसक्दा पनि हेडवर्क्स र पावरहाउसको ठेक्का नलागेकै कारण राज्यले अर्बौँ ब्याज तिरिरहनुपरेको बताए ।

विगतमा ऊर्जा क्षेत्रमा काम गर्दा चमेलिया र माथिल्लो तामाकोशी जस्ता रुग्ण आयोजना जोखिम लिएरै सम्पन्न गराएको अनुभव सुनाउँदै मन्त्री घिसिङले कर्मचारीतन्त्रमा देखिएको पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । “सही नियतले निर्णय गर्दा डराउनुपर्दैन। निर्णय नलिने र काम रोक्नेलाई अब कारबाही हुन्छ,” उनले चेतावनी दिए ।

करिब २५० भन्दा बढी आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको स्वीकार गर्दै उनले सरकारी पक्षले पनि समयमा साइट क्लियर नगर्ने, बजेट नदिने जस्ता कमजोरी भएको उल्लेख गरे । उनका अनुसार, मन्त्रालयको नेतृत्वमा रहेसम्म ‘काम नगर्ने ठेकेदार’ र ‘निर्णय नगर्ने कर्मचारी’ दुवैलाई कठोर कारबाही गरिनेछ ।

ठेक्का तोड्नु अन्तिम विकल्प भएको उल्लेख गर्दै उनले भने, “ठेक्का तोडेर मात्र समस्या समाधान हुँदैन, कानुनी प्रक्रिया सुरु भए आयोजनाहरू वर्षौँ पन्छिन्छन् । तर, काम नगर्नेलाई पेनाल्टी तिराएर भए पनि बिदा गरिन्छ। आवश्यक परे ऐन संशोधन गरेर समस्या सल्टाउँछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?