© २०२३
काठमाडौं, २३ मंसिर ।
सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले बैठकका निर्णयबारे जानकारी दिएका हुन् ।
सोमबार बसेको उक्त बैठकले विभिन्न १८ निर्णयहरू गरेको प्रवक्ता खरेलले बताए ।
उनका अनुसार बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत, कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत, र तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

