Butwal Today

आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ?

२३ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २३ मंसिर ।

आज फेरि सुनको मूल्य घटेको छ । विगत तीन दिनसम्म लगातार घटेर हिजो थोरै बढेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेर नयाँ भाउ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनको मूल्य आज तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सात सय रुपैयाँले वृद्धि भई दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।

गत बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य लगातार घटेको थियो । विशेष गरी आइतबार तोलामा दुई सय रुपैयाँ, बिहीबार आठ सय रुपैयाँ र शुक्रबार नौ सय रुपैयाँले मूल्य घटेको थियो । यसअघि असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्चतम मूल्य हो ।

आज चाँदीको मूल्य भने बढेको छ । प्रतितोला १५ रुपैयाँले वृद्धि भई चाँदीको भाउ तोलाको तीन हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।