Butwal Today

अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै

२३ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २३ मंसिर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ‘जेनजी महोत्सव’ आयोजना गर्ने भएको छ । भोलि (बुधबार)देखि पुस ८ गतेसम्म करिब दुई सातासम्म चल्ने यो महोत्सव राजधानीमा भव्य रूपमा सम्पन्न हुने बताइएको छ।

राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

जेनजी महोत्सवको उद्देश्य युवाहरूको प्रतिभा उजागर गर्नु, उनीहरूको क्षमता तथा योग्यतालाई सम्मानपूर्वक प्रस्तुत गर्न सक्ने वातावरण बनाउनु रहेको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए । उनका अनुसार पार्टीभित्र जेनजी पुस्तालाई उचित प्रतिनिधित्व दिलाउने विषयमा पनि अहिले छलफल चलिरहेको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनरविद्रोहका कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको उल्लेख गर्दै, शर्माले युवा पुस्ताको शक्ति र भूमिकालाई संस्थागत ढंगले सम्बोधन गर्ने आवश्यकता रहेको बताए ।