© २०२३
काठमाडौँ ।
सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउने परमादेश जारी गरेसँगै मनोज सिलवाल विदामा बसेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शाक्यलाई कार्यकारी निर्देशकको पदमा पुनर्बहाली गर्न परमादेश दिएको थियो।
शाक्यको पक्षमा परमादेश आएसँगै अदालतको निर्णयलाई सम्मान गर्दै सिलवाल मंगलबारदेखि नै विदा बसेका हुन्।
यता सर्वोच्चको परमादेशसँगै पुनर्बहाल भएका शाक्यले भने बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्ने कार्यक्रमम रहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
ऊर्जामन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई हटाएर सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।
मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरेर सरुवा गरेको थियो। त्यसविरुद्ध उनी सर्वोच्च गएका थिए।