© २०२३
काठमाडौं, २२ मंसिर ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउने भएका छन् ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले आज दिउँसो जानकारी दिँदै भने कि पोखरेलको अगुवाइमा तयार भएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइनेछ ।
पाण्डेका अनुसार, पोखरेलको नेतृत्वमा बनेको उक्त अवधारणापत्र सार्वजनिक पनि गरिनेछ ।
“आजै हामी हाम्रो समूहको तर्फबाट कमरेड ईश्वर पोखरेलको अगुवाइमा अवधारणापत्र सार्वजनिक गर्दैछौं । त्यसलाई पार्टी कार्यालय वा अध्यक्षलाई बुझाएर पत्रकार सम्मेलनमार्फत प्रस्तुत गर्ने योजना छ,” उनले बताए ।
उक्त दस्तावेज नेतृत्व परिवर्तनसम्बन्धी निष्कर्षसहित तयार पारिएको हो र आजै पार्टी कार्यालयमा बुझाइने छ ।