© २०२३
नवलपरासी, २२ मङ्सिर ।
जिल्लाको रामग्राम नगरपालिका भित्र रहेका खोलाहरूबाट व्यापक रूपमा भई रहेको बालुवा भष्कट चोरी तस्करी गर्ने कार्य नरोकिएको गुनासो स्थानीयले गरेका छन् ।
नगरपालिकाको बेवास्ता र प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको आरोप स्थानीयवासीले लगाएका हुन् । स्थानीयले आफ्ना घर प्रयोगका लागि त्यही भस्कट र बालुवा ल्याउन खोज्दा प्रहरीले रोक्ने तर खोला भित्रबाट खुलेआम चोरी तस्करी गर्दै भैरहवासम्म पु¥याउने कार्य भई रहँदा प्रहरी र जनप्रतिनिधिले कुनै वास्ता नगर्दा दिनप्रतिदिन खोलाबाट बालुवा भस्कट चोरी क्रम बढ्दै गएको रामग्राम १५ डिघवलका एक स्थानीयले बताए ।
हामी गाउँलेहरूले गाउँ छोएरै बगेको तुरिया खोलाबाट बालुवा र भस्कट ल्याउन खोजियो भन्ने सोधी खोजी हुन्छ, उनले भने, तर प्रहरीको मिलेमतोमा गाउँको दक्षिण र उत्तर तर्फबाट खुलेआम खोलाबाट चोरी निकासी हुने गरेको छ । यसमा जनप्रतिनिधिको मौन स्वीकृति भएको उनका भनाइ थियो ।
जनताले कर बुझाएन भन्ने काम रोक्ने र ताकेता गर्ने तर त्यही खोलाबाट लाखौँको राजस्व गुम्दा पनि नगरपालिकाले नबोल्ने नगरपालिकाको दोहोरो चरित्र देखाएको उनको आरोप थियो ।
प्रहरीलाई फोन गर्दा प्रहरीबाट फोन नम्बर तस्करी गर्ने व्यक्तिले पाउँछन्, विभिन्न बहानामा निहुँ खोजेर धम्काउने तर्साउने कार्य गर्ने गर्दा अहिले प्रहरीलाई फोन गरेर जानकारी गराउने कार्य पनि गर्न छाडियो ।
फोन आउँदा प्रहरीले तस्करी रोक्नु भन्दा त्यही फोनलाई आधार बनाई आफ्नो भागको रकम वृद्धिका सौदाबाजी गर्ने समेत गरेको उनको भनाई थियो ।
तस्करहरूले तिमी फोन गरेर के पाउँछौँ भन्दै धम्काउने गर्छन्,उनले थपे,केही खर्च थपिने हो, तिमिहरूले रोकाउन सक्छौ ? भने रोकाएर देखाऊ भनेर धम्किपूर्ण भाषा प्रयोग गर्दा आँखा अगाडि नै चोरेर लैजाँदा गाउँले निरीह बनेको उनको गुनासो थियो ।
नगरपालिकालाई यदि राजस्व उठाउन सक्दैन, रोक्न पनि सक्दैन भने खुल्ला गरे पनि भयो, जसलाई जति आवश्यकता पर्छ, सोही अनुसार सबैले आफ्नो उपयोगमा ल्याउन सक्छन् । खोलामा तस्करी राज चलाउन किन छुट् दिएको छ, नगरपालिकाले उनले प्रश्न गरेका थिए ।
नगरपालिकासँग आफ्नै एक्स्काभेटर पनि छ, नगरपालिका नजिकै त्यही झरही नदीमा घुमाउने फिराउने र इन्धन खर्च देखाएर रकम कुम्ल्याउने बाहेक केही भएको छैन । नगरपालिका कै एक्स्काभेटर छ, भने नदीको वातावरणीय प्रभाव मूल्याङ्कन गराई खोला जन्य पदार्थ उत्खनन गरी भण्डारण गर्न पनि सक्छ ।
त्यो भण्डारणबाट जो सुकैले तोकिएको राजस्व तिरेर लैजान फाउँछ । खोलामा तस्करको राज प्रहरीको भाग मात्रै देखिन्छ, सुक्रौलीका एक स्थानीयले भने, यसमा जनप्रतिनिधिहरूको पनि पक्कै मिलीभगत नभई कसरी खोलामा चोरी हुन्छ ? रामग्राम नगरपालिका भित्र बालुवा र भस्कट ठुलो मात्रामा हुने तुरिया, झरही र भलुहि खोला छ ।
बेलामै निकासी ठेक्का लगाइयो भने करोड बढीको राजस्व र्संकलन हुन सक्छ । त्यसले सबैलाई न्यायोचित व्यवहार हुन्छ । चोरी तस्करीले उपभोक्तालाई कुनै पनि लाभ छैन, उल्टै तस्करले सबैलाई मिलाएर ल्याउनु पर्छ भनेर महँगो दररेट सुनाउँछन् ।
आखिरमा ती सबै बालुवा र भस्कट चोरेर भण्डारण गर्ने र टिपरमा लोड गरी भैरहवासम्म जाने गरेको उनको दाबी थियो । चोरी तस्करीमा ध्यान पु¥याउनु पर्ने नागरिक समाजका सचिव अनिल अग्रहरीले बताए ।
यता नगरपालिकाले गत वर्ष केही मात्रामा बालुवा र भस्कट निकासी गरी घाटगदिद् गरेर ठेक्का मार्फत नै निकासी भइरहेको दाबी गरेको छ । तर नगरपालिकाको घाटगद्दि नजिकैबाट पनि खोलामा ठुलो मात्रामा निकासी गरिएको स्थानीयले स्थान देखाएका थिए ।