© २०२३
काठमाडौँ ।
जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल नहुने आयोजक संस्थाले जनाएको छ ।
लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम दिइएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार अपरान्ह ४ बजे हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा र विराटनगर दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरका लागि छनोट भएका हुन् ।
सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ जितेको थियो । विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग मात्रै पराजय व्यहोर्नुपरेको थियो भने विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो ।