Butwal Today

नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने

२२ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले उक्त सभाको आयोजना गर्ने निर्णय गरेको हो । यो सभा बागमती, सम्पर्क समन्वय तथा विशेष प्रदेशको संयुक्त आयोजनामा हुने छ ।

यसअघि मंसिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो ।