Butwal Today

३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

२२ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २२ मंसिर ।

लगातार तीन दिनसम्म घट्दै आएको सुनको मूल्य आज भने केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँमा पुगेको छ ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य क्रमशः ८००, ९०० र २०० रुपैयाँले घटेको थियो । आइतबारसम्मको निरन्तर गिरावटपछि आज सुनको बजार मूल्यमा सानो सुधार आएको महासंघले जनाएको छ ।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मको सबैभन्दा उच्च दर हो ।

आज चाँदीको मूल्य भने घटेको छ । प्रतितोला २० रुपैयाँले कमी आउँदा चाँदीको मूल्य ३ हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।