© २०२३
काठमाडौं, २२ मंसिर ।
काठमाडौं महानगरपालिका–१६, कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू बस्ने ३० वर्षीय श्याम तामाङ छन् । उनीहरूलाई आतइबार राति पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, उनीहरूले १५ मंसिरको राति १० बजेतिर सडकमा हिँड्दै गरेका २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोगलाई लछारपछार पार्दै हातपात गरेका थिए ।
अर्मोजा अल्मोग हाल कालधारास्थित योग होस्टलमा बस्दै आएका थिए । पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान अघि बढाइएको छ ।